Adding New Dimensions to Agriculture and Land Management
थप मिडिया हेर्नुहोस्

कृषि र भूमि व्यवस्थापनमा नयाँ आयाम थप्दै नेपाल भूमि बैंक लिमिटेड

Adding New Dimensions to Agriculture and Land Management

27 January 2026
By Bhumi Bank

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ नेपालमा पहिलोपटक ‘नेपाल भूमी बैँक लिमिटेड’ (Nepal Bhumi Bank Ltd.) को स्थापना र सञ्चालन भएको छ । लामो समयदेखि चर्चामा रहेको ल्याण्ड बैंकको अवधारणालाई निजी क्षेत्रको सक्रियता र आधुनिक प्रविधिको फ्युजनका साथ यस बैंकले कार्यान्वयनमा ल्याएको हो ।

बैंकले आफ्नो आधिकारिक वेबसाइट www.nepalbhumibank.com.np मार्फत आफ्ना सेवा र उद्देश्यहरू सार्वजनिक गर्दै भू-व्यवस्थापनको क्षेत्रमा नवीन डिजिटल पद्धतिको सुरुवात गरेको छ । नेपालको कृषि भूमिको ठूलो हिस्सा बाँझो रहनु, जमिन खण्डीकरण हुनु र वास्तविक कृषकको भूमिमा पहुँच नहुनु जस्ता समस्याहरूको समाधानका लागि यो बैंक एउटा भरपर्दो ‘सेतु’ बन्ने विश्वास गरिएको छ ।


किन आवश्यक थियो भूमी बैँक ?

नेपालको कुल क्षेत्रफलको झन्डै २७ प्रतिशत जमिन कृषि योग्य छ, तर तथ्याङ्क अनुसार त्यसको झन्डै ३० प्रतिशत जमिन हाल बाँझो छ । वैदेशिक रोजगारीका कारण गाउँघरमा जनशक्ति अभाव हुनु, जग्गाधनी सहर वा विदेश पलायन हुनु र खण्डीकरणले गर्दा ठूलो क्षेत्रफलमा खेती गर्न कठिन हुनु नेपालको मुख्य समस्या हो ।

यस्तो अवस्थामा ‘नेपाल भूमी बैँक लिमिटेड’ ले जग्गाधनी र जग्गाको उपयोग गर्न चाहने लगानीकर्ता वा कृषकबीच व्यावसायिक मध्यस्थकर्ताको भूमिका खेल्नेछ । जग्गाधनीको स्वामित्व सुरक्षित गर्दै जमिनलाई उत्पादनमा जोड्ने यो अवधारणाले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।

Read More...
Footer illustration