9 October 2026
By Bhumi Bank
काठमाडौं। नेपाल भुमि बैंक लिमिटेडको ‘प्रथम वार्षिक साधारण सभा’ काठमाडौंमा सम्पन्न भएको छ । अधिकृत पूँजी २५ करोडबाट स्थापना भएको सो बैंकले न्यूनतम अवधि भित्र आइपियो जारी गर्ने जनाएको छ । बैंकले कृषकहरुबाट उत्पादित वस्तुको उचित बजारीकरणका लागि राष्ट्रिय खाद्य बैकसँग समन्वय गरी बजार विस्तार गर्ने र कृषि क्षेत्रको विकासमा केन्द्रित रहने राष्ट्रिय खाद्य बैंकका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।
कृषि क्षेत्रबाट उत्पादित वस्तुको बजारीकरण र कृषकहरुको आर्थिक अवस्थाको सुधार गर्न बैंकले सहयोग गर्ने उप्रेतीले बताए । यस्तै, बैंकका अध्यक्ष पवित्रा कुमारी पोखरेलले बैंकले स्थापनाको समयदेखि नै बैंकको उद्देश्य र लक्षित समूहलाई प्राथमकिता दिएर काम गरेको बताउँदै बैंकले कृषि क्षेत्रको विकासको लागि स्थानीय तहहरुसँग समन्वय गरिहेको बताए ।
बैंकको साधारण सभामा भूमि बैकका संरक्षक प्रा.डा. जगदिश वैद्य, काडमाडौं महानगरपालिकाका रामप्रसाद सापकोटा, भुमि विज्ञ मुकुन्द प्रसाद दाहाल, भुमि विज्ञ डिल्ली दाहाल, राष्ट्रिय खाद्य बैंकका महाप्रवन्धक काशीनाथ श्रेष्ठ, बैंकका सल्लाहकार प्रा.डा. जीवनाथ धिताल, बैंकका कार्यक्रम संयोजक हरिकृष्ण दाहाललगायतको बक्ताहरुले भुमि बैंकको उद्देश्य र आवश्यकताको चर्चा गरेका थिए ।
कृषि तथा भुमि सम्वन्धि नीतिरनियम तथा उपयोग र वितरणलाई व्यवस्थित गरी आर्थिक विकास गर्ने उद्धेश्यले नेपाल भुमि बैंक लिमिटेडको स्थापना भएको छ । कृषि क्षेत्र र कृषि उत्पादन तथा बजारलाई व्यवस्थित गरी किसानहरु तथा उपभोक्ताहरुसम्म आफनो सेवा प्रभावकारी पुर्याउने नीति अनुरुप बैकले काम गरेको सो बैंकका व्यवस्थापक तथा संचालकहरुले बताएका छन् ।

