Our commitment to transforming barren land into capital
थप मिडिया हेर्नुहोस्

बाँझो जमिनलाई पुँजीमा बदल्ने हाम्रो संकल्प

Our commitment to transforming barren land into capital

9 February 2026
By Bhumi Bank

पवित्रा कुमारी पोखरेल अध्यक्ष, नेपाल भूमी बैँक लिमिटेड

नेपालको उर्वर भूमि बाँझो रहने र खाद्यान्नमा परनिर्भरता बढ्दै गएको सन्दर्भमा,नेपाल भूमी बैँक लिमिटेड ले भू–व्यवस्थापनमा एक ऐतिहासिक पहलको रूपमा आफ्नो यात्रा सुरु गरेको छ । जग्गाधनीको स्वामित्व सुरक्षित राख्दै बाँझो जमिनलाई एकीकृत गरी आधुनिक प्रविधिमार्फत उत्पादन बढाउने लक्ष्यसहित यो अवधारणा अघि सारिएको हो ।

एग्रो टाइम्ससँगको विशेष कुराकानीमा बैंककी अध्यक्ष पवित्रा कुमारी पोखरेल ले नेपालमा पहिलोपटक भूमी बैँकको अवधारणा किन आवश्यक भयो भन्ने विषयमा प्रकाश पार्दै भन्नुभयो — नेपाल कृषिप्रधान देश भए पनि वार्षिक रूपमा खर्बौँको कृषि उपज आयात हुनु हाम्रो सबैभन्दा ठूलो विडम्बना हो ।

सहर र विदेश पलायनका कारण उर्वर खेतबारी बाँझो हुँदै गएका छन् भने युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । यस समस्याको समाधानका लागि जमिन, श्रम र प्रविधिलाई एउटै छानामुनि ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै नेपाल भूमी बैँक को अवधारणा जन्मिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार, बैंकले जग्गाको स्वामित्व लिँदैन, बरु जग्गाधनीको लालपुर्जा सुरक्षित राख्दै जग्गाको उपयोग अधिकारलाई कानुनी र पारदर्शी रूपमा व्यवस्थापन गर्छ । यसले जग्गा हडपिने डर हटाएर जग्गाधनीलाई ढुक्कसँग आफ्नो भूमिबाट आम्दानी गर्ने अवसर प्रदान गर्छ ।

Read More...
Footer illustration